प्रमुख प्रशासकीय अधिकृतहरूसहित झण्ड ८ सय कर्मचारीहरूको सरुवा, निजामतीभित्र खैलाबैला

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ८४ जना कर्मचारीहरूको सरुवा निकालेको छ ।
मन्त्रालयले सोमबार अन्तरस्थानीय तहमा सरुवा गरेको हो ।

कर्मचारी व्यवस्थापनसम्बन्धी मापदण्ड अनुरूप भौतिक रूपमा र इमेलमार्फत निवेदन माग गरेर कर्मचारीलाई सरुवा गरेको जनाएको छ ।

बिहीबार थप तीन सय कर्मचारीलाई सरुवा गरेको छ ।

मन्त्रालयले लोक सेवा आयोगले जेठमा स्थानीय तहमा गरेको पदपूर्तिअन्तर्गतका नियुक्ति भएका कर्मचारीलाई सरुवा गरेको जनाएको छ ।

३ सयभन्दा धेरै स्थानीय तहमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ ।

स्थानीय तहका लागि नियुक्ति भएका वा समायोजन रोजेका कर्मचारी प्रदेश वा संघ पठाउने गरिएको छैन ।

सरुवाका लागि लैजाने र छाड्ने दुवै स्थानीय तहले सहमति दिनुपर्ने नीति छ ।

मन्त्रालयले अब निवेदन दिने कर्मचारीको सरुवाका सम्बन्धमा भने कुनै निर्णय नहुने जनाएको छ ।

बिहीबार सार्वजनिक गरिएको सूचीअनुसार ३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ ।

स्थानीय तहका लागि तोकेर पदपूर्ति गरिएका कर्मचारीलाई सरुवा गर्न नमिल्ने भए पनि मन्त्रालयले कार्यविधि बनाएर कामकाजमा खटाएको छ ।

Published : Thursday, 2022 September 8, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया