मनाङ कांग्रेसबाट टेकबहादुर गुरुङ सर्वसम्मत, गठबन्धनका राजीव गुरुङलाई प्रदेश ‘ख’मा समर्थन
काठमाडौं । नेपाली कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई टिकटका लागि सर्वसम्मत सिफारिस गरेको छ ।
मनाङ कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई एकल र सर्वसम्मत रुपमा सिफारिस गरेको पार्टी सभापति शंकर गुरुङले बताएका छन् ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ ।
मनाङ कांग्रेसले प्रदेश सभा क्षेत्र नं. ‘ख’मा गठबन्धन सरकारको स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सभापति गुरुङले बताए ।
गण्डकी प्रदेश सरकारमा गठबन्धनका पार्टी र स्वतन्त्र सांसदहरू सहभागी छन् ।
राजीव गुरुङ ‘दीपक मनाङगे’ मनाङबाट स्वतन्त्र रुपमा प्रत्यक्षबाट निर्वाचित भएका थिए । उनी सरकारमा सहभागी छन् ।
कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका खेलकुद मन्त्री राजीव गुरुङलाई मनाङ कांग्रेसले गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको छ ।
हुन त उनी विगतमा कांग्रेस नै थिए । उनी तत्कालीन समयमा नेपाल तरुण दल मनाङको अध्यक्ष समेत थिए । राजनीतिक उचार चढाबमा अहिले पुनः उनलाई मनाङ कांग्रेसले प्रदेश सभाको निर्वाचनमा सहयोग गर्ने निर्णयमा पुगेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’तर्फ मनाङ कांग्रेसले जनजातीतर्फ कर्मा गुरुङ र महिलातर्फ श्रीमती गीता गुरुङलाई सिफारिस गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया