गगनलाई उछिनेर विश्वले पाए कांग्रेसको शक्तिशाली जिम्मेवारी र ऐतिहाँसिक अवसर
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभाको घोषणा पत्र तयार पार्न जिम्मेवारी दिएको छ ।
बुधबार सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन् ।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । कांग्रेसले मंसिर ४ गतेको निर्वाचनलाई जित्ने तयारी गरिरहेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा महामन्त्री शर्मालाई सभापति देउवाले घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनीत गरेको जनाएका छन् ।
वैशाखमा भएको स्थानीय तहको चुनावमा महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र लेखेको थियो ।
महामन्त्री थापाले बनाएको घोषणा पत्रको कतै पनि राम्रोसँग चर्चा पनि भएको थिएन । निर्वाचनका बेला पनि कांग्रेसको घोषणा पत्र बिलाएको थियो ।
महामन्त्री थापाले विज्ञहरू राखेर बनाएको भनिएको स्थानीय तहको घोषणा पत्रका बारेमा कांग्रेसका नेता कार्यकर्ताले थाहै पाएका थिएनन् । त्यो घोषणा पत्रमा के थियो धेरैलाई थाहा छैन ।
सभापति देउवाले महामन्त्री थापाप्रति विश्वास नलागेर यस पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउने जिम्मेवारी महामन्त्री शर्मालाई दिएका छन् ।
महामन्त्री शर्माले थापाले जस्तो तामझाम नगरेर घोषणा पत्र बनाउनेछन् । महामन्त्री थापाले त्यस बेला घोषणा पत्र बनाउनेभन्दा पनि आफ्नो प्रचार धेरै गराएका थिए । थापाले बनाएको घोषणा पत्र छेउ नटुप्पाको बनेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया