ओखलढुंगामा ६ हजार भोट भएको माओवादीले ल्याङ गरेपछि कांग्रेसले दियो औकातमा बस्न चेतावनी
ओखलढुंगा । नेपाली कांग्रेसका नेताहरूले ओखलढुंगामा प्रतिनिधि सभातर्फ गठबन्धनका नाममा माओवादी केन्द्रलाई छाड्न नसकिने जनाएको छ ।
कांग्रेसका जिल्ला र स्थानीय नेताहरूले ओखलढुंगामा कांग्रेस निकै बलियो रहेको बताएका छन् । उनीहरूले स्थानीय तहको निर्वाचनमा करीव ६ हजार भोट पाएको माओवादीलाई प्रतिनिधि सभा छाड्न नसकिने जनाएका हुन् ।
ओखलढुंगा कांग्रेसका सभापति तेजेन्द्र खनालले गठबन्धनका नाममा कांग्रेसले प्रतिनिधि सभा छाड्न नसकिने बताएका छन् ।
उनले भने, ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको छ । ३२ हजार भोट ल्याएर ओखलढुंगामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्ला समन्वय समिति पनि बनाएको छ ।’
सभापति खनालले गठबन्धनलाई प्रदेश सभा दुबैतिर सिट नछाड्न दवाव आएको बताए ।
उनले भने, ‘ओखलढुंगामा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभामा यस पटक कांग्रेसले शानदार जित हासिल गर्छ ।’
तर, गठबन्धन भयो भने माओवादी केन्द्रलाई एउटा प्रदेश सभा छाड्न सकिने ओखलढुंगा कांग्रेसको भनाइ छ । तैपनि नेता र कार्यकर्ताहरूले कुनै पनि क्षेत्र नछाड्न कांग्रेस नेतृत्वलाई दवाव दिइरहेका छन् ।
कांग्रेस नेताहरूले माओवादीलाई औकातमा बस्न सुझाव दिएका छन् । गठबन्धनका नाममा ६ हजार भोट रहेको माओवादीलाई ३२ हजार भोट रहेको कांग्रेसले सबै भोट खनाएर जिताउन नसक्ने नेताहरूले बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले पनि प्रतिनिधि सभामा कांग्रेसले कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।
खतिवडाले जेसुकै भए पनि प्रतिनिधि सभातर्फ ओखलढुंगामा कांग्रेसको उम्मेदवार हुने बताएका हुन् ।
‘म ओखलढुंगाका विभिन्न गाउँ/गाउँमा पुगेको छु’, खतिवडाले भने, ‘अहिले पनि साथीहरू सोध्नु हुन्छ । के ओखलढुंगामा प्रतिनिधि सभामा गठबंधन दलको उम्मेदवार आउने हो ?’, खतिवडाले कार्यकर्ताको प्रश्न ट्वीट गर्दै भनेका छन्, ‘होइन ! जो होस् प्रतिनिधि सभामा कांग्रेसको उम्मेदवार हुन्छ ।
‘एउटा प्रदेशमा गठबंधनको साथी आउनु होला’, उनले भने, ‘हामी मिलेर चुनावमा विजय गराउँछौं ।’
उता, ६ हजार भोट रहेको माओवादी केन्द्रले ओखलढुंगामा प्रतिनिधि सभामा दाबी गरेको छ ।
माओवादीले ओखलढुंगामा नेता राम कार्कीको नाम प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सिफारिस गरेको छ ।
गएको निर्वाचनमा झापा क्षेत्र नं. १ बाट निर्वाचित भएका माओवादी नेता कार्कीको आफ्नै निर्वाचन क्षेत्र छैन । झापा– १ मा पुनः उम्मेदवार बनेमा कार्कीको लज्जास्पद हार हुने पक्का छ ।
झापा– १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यस पटक पनि उम्मेदवार बन्दैछन् । अघिल्लो पटक कार्कीले शर्मालाई हराएका थिए । अब समय त्यस्तो छैन । कांग्रेसका महामन्त्री शर्माले झापा– १ मा जित्ने पक्का जस्तै छ ।
ओखलढुंगामा स्थानीय तहको निर्वाचनमा माओवादीले करीव ६ हजार भोट पाएको थियो ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२ हजार भोट पाएको छ । एमालेले २९ हजार मत पाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया