कम्युनिस्ट ‘म्यादी’ मन्त्रीले थुनाएका गुरुङलाई छाड्न गृहमन्त्री खाणको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न काठमाडौं जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।
सोमबार खाणले गरुड सेक्युरिटिजका सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
कम्युनिस्ट ‘म्यादी’ मन्त्रीका रुपमा परिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड गुरुङलाई थुनाएका थिए ।
मन्त्री श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षागार्ड गुरुङलाई पक्राउ गर्न आदेश दिएका थिए ।
मन्त्री श्रेष्ठको आदेशपछि प्रहरीले आइतबार गुरुङलाई हिरासतमा राखेको थियो ।
भिएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया