कांग्रेसका हाइलेबलका अन्तर्घाती सिंहलाई पार्टीबाटै निलम्बन, चुरीफुरी समाप्त
काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिले प्रतिनिधि सभाका सांसद समेत रहेका नेता अमरेशकुमार सिंहलाई निलम्बन गरेको छ ।
अनुशासन समितिले असार ४ गते नेता सिंहलाई पत्र थमाएर निलम्बन गरेको हो ।
समितिका संयोजक एवम् उप–सभापति डा.सरोज कुमारद्वारा हस्ताक्षर पत्रमा भनिएको छ, ‘उपरोक्तसम्बन्धमा पार्टीको आधिकारिक उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात, असहयोग गर्ने सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद माननीय अमरेशकुमार सिंहलाई जिल्ला अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९–०३–०२ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागि पठाइएको छ ।’
सर्लाही कांग्रेसले सिंहलाई निलम्बन गरेको निर्णयको बोधार्थ कांग्रेसको केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितिलाई पनि दिएको छ ।
स्थानीय तहको निर्वाचनमा सर्लाहीमा नेता सिंहले अन्तरर्घात गरेको आरोप लागेपछि अनुशासन समितिले निलम्बन गरेको छ । लिम्बनमा परेका सिंह नेता शेखर कोइराला निकटका मानिन्छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया