मनाङगेपछि अर्का गुण्डा नाइके चक्रेलाई एमालेद्वारा प्रतिनिधि सभाको टिकटमा सिफारिस
काठमाडौं । नेकपा (एमाले)ले गोरखाको क्षेत्र नं. २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ‘गुण्डा नाइके’ मिलन गुरुङ ‘मिलन चक्रे’लाई सिफारिस गरेको छ ।
एमाले गोरखाको क्षेत्र नं. २ कमिटीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्न चक्रेसहितका तीन जनाको नाम सिफारिस गरेको छ ।
गुण्डा नाइके चक्रे गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राकका हुन् । चक्रेसँग सिफारिस हुनेमा दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल रहेका छन् ।
चक्रे, दिनेशचन्द्र र कोपिलाको नाम क्षेत्रीय कमिटीले आइतबार सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको छ ।
एमालेको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारका लागि सिफारिसमा परेका चक्रे विभिन्न अपराधका काण्डमा जेल परेका व्यक्ति हुन् । एक पटक हनुमानढोकाको हिरासतमा चक्रे र गुण्डा नाइके दीपक मनाङगेसँग थुनिएका थिए । मनाङगेलाई पनि एमालेले नै सहयोग गरेर मनाङबाट गण्डकी प्रदेशको सांसदमा जिताएको थियो । पछि एमालेले मनाङगेलाई मन्त्री समेत बनाएको थियो ।
क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरूङको नाम प्रदेश र प्रतिनिधि सभा क्षेत्रतर्फ नै सिफारिस भएको छ ।
प्रदेश सभा क्षेत्र ‘क’मा राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन् । प्रदेश सभा क्षेत्र ‘ख’मा कमल दानी र बसन्त गुरुङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
क्षेत्रले उम्मेदवारको नाम जिल्लामा पठाएको छ । जिल्ला कमिटीले सोमबार माथिल्लो निकायमा सिफारिस भएका नेताहरूको नाम पठाउनेछ ।

क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछाने, कृष्ण नेपालीको नाम प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको छ ।
समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट विमला चेपाङको नाम सिफारिस भएका छन् ।
क्षेत्र नम्बर १ को ‘क’बाट सुरेन्द्र थापा, विशाल थापा, गोपाल पाण्डे, देवेन्द्र श्रेष्ठ, नानीमाया थापा उम्मेदवार सिफारिस भएका छन् ।
प्रदेश सभा ‘ख’मा मोहन भट्टराई, कृष्ण काप्री, आरसी लामिछाने, प्रमिला खड्का उम्मेदवार सिफारिस भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया