बस्नेतको नाम चारैतिरबाट सर्वसम्मत केन्द्रमा पुग्यो, गठबन्धनका नाममा चुरीफुरी गरे असर पर्ने
काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सर्वसम्मत रुपमा प्रतिनिधि सभाको लागि उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
शनिबार बसेको सिन्धुपाल्चोक कांग्रेसको बैठकले नेता बस्नेतलाई क्षेत्र नं. १ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रीय कार्यसमिति र संसदीय बोर्डमा पत्र पठाएको हो ।
कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङले क्षेत्र नं. १ मा नेता बस्नेतलाई नै उम्मेदवार बनाउनुपर्ने अन्यथा सिन्धुपाल्चोकभरि थेग्नै नसक्ने गरि दवाव आउने बताए ।
उनले त्यसको असर निर्वाचनका बेला पूरै जिल्लाभरि पर्ने चेतावनी दिएका छन् ।
नेता बस्नेतलाई उम्मेदवार बनाउन क्षेत्र नं. १ को ‘क’ र ‘ख’ तथा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो । सो निर्णयलाई जिल्ला कार्यसमितिले पनि सर्वसम्मत रुपबाट निर्णय गरेर केन्द्रमा पठाएको छ ।
कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमितिले समेत नेता बस्नेतलाई नै टिकट दिनुपर्ने भनेर सर्वसम्मत निर्णय गरेर पठाएका छन् ।
सिन्धुपाल्चोक कांग्रेसले गठबन्धनको नाममा नेता बस्नेतलाई टिकट नदिए कार्यकर्ता निरास हुने र त्यसको प्रत्यक्ष असर चुनावको परिणाममा नकारात्मक हुने चेतावनी दिएको छ ।
गठबन्धनका नाममा सिन्धुपाल्चोकको क्षेत्र नं. १ लाई माओवादी केन्द्रले दाबी गरेको छ । सो क्षेत्रबाट अग्निप्रसाद सापकोटालाई माओवादीले उम्मेदवार बनाउन खोजेको छ ।
५ वर्षको कार्यकालमा सिन्को पनि भाँच्न नसकेका सापकोटालाई जनतालाई खासै रुचाएका छैनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया