यस कारण खुसीले गदगद भए शेरबहादुर देउवा र आरजु राणा

धनगढी । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा टिकटमा सर्वसम्मत सिफारिस गरिएको छ ।

देउवासँगै उनकी पत्नी आरजु राणाको नाम पनि डडेल्धुर कांग्रेसले सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिधि सभा तर्फ प्रत्यक्षमा देउवा र प्रतिनिधि सभामा समानुपातिकतर्फ राणाको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवा २०४८ यता डडेल्धुराबाट अपराजित छन् । उनी २०४८, ०५१,२०५४, २०६४, २०७०, २०७४ मा लगातार निर्वाचित भइरहेका छन् ।

२०६४ र २०७० मा समानुपातिकमार्फत सांसद भएकी प्रधानमन्त्री पत्नी राणाको नाम २०७४ पनि डडेल्धुराबाट समानुपातिकमा सिफारिस भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ राणा कैलाली–५ बाट उम्मेदवार बनेकी थिइन् ।

नेतृ राणा डडेल्धुराबाट समानुपातिकभन्दा कैलालीबाट प्रत्यक्ष लड्ने सम्भावना बढी रहेको छ ।

कांग्रेस कैलालीका सचिव नृप सुनारले नेतृ राणा कैलाली–५ बाट निर्वाचन लड्ने पक्का जस्तै भएको बताएका छन् ।

Published : Saturday, 2022 September 3, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया