सांसद अपहरणको काण्ड लागेका महेश बस्नेतलाई निर्मल भट्टराईले झट्का दिए

काठमाडौं । बेलाबेला उदण्ड र सांसद अपहरण जस्ता हर्कत गरेर आलोचना खेप्दै आएका एमालेका नेता महेश बस्नेत आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत सिफारिस हुन सकेका छैनन् ।

एमाले भक्तपुरले क्षेत्र नं २ को प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको लागि बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस गरेको छ ।

बस्नेतले २ नं. क्षेत्रबाट सर्वसम्मत सिफारिस हुन चाहेका थिए । बस्नेतलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने नेता भट्टराईले चुनौती र टक्कर दिएका छन् ।

एमाले २ नं क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको छ । यो निर्णयले एमालेका नेता बस्नेत चकित परेका छन् ।

नेता बस्नेतका हर्कतले ओली पनि खुसी छैनन् । बस्नेतको टिकट खोस्नका लागि भक्तपुरका एमालेका नेताहरू लागेका छन् ।

बस्नेतलाई समानुपातिकमा राखेर एमालेका केही नेताहरूले भट्टराईलाई टिकट दिनुपर्ने दवाव सिर्जना गरेका छन् ।

नेता बस्नेतलाई सांसद पदको दुरुपयोग गरेर भूमाफियासँग मिलेर भक्तपुरमा जमीन प्लटिङ गरेको, विभिन्न आयोजनामा कमिशन खाएको आरोप आफ्नै कार्यकर्ताको छ ।

Published : Saturday, 2022 September 3, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया