यी असफल मुख्यमन्त्रीलाई जमिन्द्र–सुवासले सवक सिकाएपछि जिल परे, प्रतिनिधि सभाको टिकट पाएनन्
पोखरा । एमालेका उप–महासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभामा टिकट नपाएपछि प्रदेश सभामा उम्मेदवार बन्ने भएका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री रहेका बेला पूरा समय सरकार चलाउन नसकेका असफल मुख्यमन्त्री गुरुङलाई एमालेले प्रतिनिधि सभाको टिकट दिएन । बरु उनलाई पुनः प्रदेश सभाको टिकट दिएको छ ।
शनिबार लमजुङमा बसेको एमालेको बैठकले उप–महासचिव गुरुङलाई लम्जुङको प्रदेशतर्फ ‘ख’ निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री रहेका बेला गुरुङले प्रदेश सभा विघटन गर्ने असफल प्रयास गरेका थिए ।
गुरुङले आफ्नो सरकार अल्पमतमा गएपछि मुख्यमन्त्री पद बचाउन कीर्ते काण्ड पनि गरेका थिए । सबैतिरबाट असफल भएपछि मुख्यमन्त्री पदबीचमै छाडेर टापकसेका थिए ।
जमिन्द्र घले, सुवास पौडेलसहितका दिग्गज नेताहरूले लम्जुङको प्रतिनिधि सभा क्षेत्रमा दाबी गरेपछि जिल परेका उप–महासचिव गुरुङ प्रदेश सभामा झरेका हुन् । गुरुङलाई यस पटक प्रतिनिधि सभामा उम्मेदवार बन्ने चाहना थियो । जमिन्द्र र सुवाससहितको टिमले गुरुङलाई प्रदेशमै उम्मेदवार बन्न बाध्य बनाइदिएका छन् ।
एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ । प्रदेशसभा ‘क’तर्फ धनन्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभातर्फ एमालेले जमिन्द्रमान घले र सुवास पौडेलको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ टुकाभद्र हमाल, कल्पना थापा र प्रेमबहादुर दुराको नाम सिफारिस भएको छ ।
प्रदेशसभातर्फ गणेश पाण्डेसहित १३ जनाको नाम सिफारिस भएको एमालेले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया