शंकर पोखरेललाई हराएर सबक सिकाउने तयारीमा खनाल, कांग्रेसद्वारा उप–सभापतिलाई टिकटमा सिफारिस

घोराही । नेपाली कांग्रेस दाङको क्षेत्र नं. २ ले प्रतिनिधि सभाको उम्मेदवारका लागि लुम्बिनी कांग्रेसका उप–सभापति राजु खनाललाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको क्षेत्रीय कार्यसमितिले खनाललाई क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । खनाल सो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन् ।

दाङ– २ मा युवा नेता खनाल लोकप्रिय मानिन्छन् । उनले आफूलाई सो क्षेत्रमा सक्रिय बनाउँदै आएका छन् । खनालले टिकट पाउने सम्भावना पनि निकै बलियो छ ।

सो क्षेत्रबाट घनश्याम रेग्मी, किरणकिशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम पनि सिफारिस भएको छ ।

यद्यपि, दाङको क्षेत्र नं. २ बाट युवा नेता खनालले नै टिकट पाउने सम्भावना प्रवल छ ।

चुनावी गठबन्धन भएर माओवादीले सो क्षेत्रमा दाबी गर्ने सम्भावना पनि छ । यस्तो अवस्थामा के हुन्छ भन्न सकिँदैन ।

दाङ क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेल पनि उम्मेदवार बन्ने चर्चा छ । एमालेका पोखरेललाई हराउने क्षमता लुम्बिनी कांग्रेसका उप–सभापति खनालले राख्छन् ।

रोशनी शाही काण्डमा परेका माओवादीका नेता कृष्णबहादुर महराले गठबन्धनको तर्फबाट दाङ– २ बाट प्रतिनिधि सभामा टिकट दाबी गरिरहेका छन् ।

एमालेका पोखरेललाई महरालाई सजिलै हराउनेछन् । पोखरेललाई हराउने हिम्मत र ताकत कांग्रेसका नेता खनालसँग छ ।

Published : Friday, 2022 September 2, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया