मकवानपुरमा कांग्रेसद्वारा उपाध्याय र बानियाँको नाम एउटै क्षेत्रबाट सिफारिस
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रतिनिधि सभाको निर्वाचनका लागि सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँसहितको नाम प्रतिनिधि सभाका लागि सिफारस गरेको छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट कांग्रेसबाट प्रत्यक्षतर्फ सह–महामन्त्री उपाध्यायको नाम पहिलो नम्बरमा सिफारिस भएको छ ।
बागमती प्रदेशसभा सभापति बानियाँको नाम दोस्रो नम्बरमा छ ।
पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल ‘माइकल’ र महासमिति सदस्य जयराम लामिछानेको नाम पनि सिफारिस गरेको छ ।
बैठकले मकवनापुर–१ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता विष्णु लामिछाने, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेता गोपीलाल विक, नेतृ पवित्रा विक, नेता सुवातसिं थिङ, नेतृ गीता राई, नेतृ सञ्जिता सिग्देल, नेता सुदीप वर्तौला, नेता राजकुमार जीएम र नेता नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिस गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया