विष्णु पौडेलकै क्षेत्रबाट गृहमन्त्री खाणको नाम सिफारिस, एमालेभित्र बबाल

बुटवल । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण रुपन्देही–२ बाट प्रतिनिधि सभामा सिफारिस भएका छन् ।
खाण प्रत्यक्षतर्फ रुपन्देही–२ बाट सिफारिस भएका हुन् ।

खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम पनि सिफारिस भएको छ ।

खाण २०७४ को निर्वाचनतर्फ उम्मेदवार बनेका थिए । रुपन्देही–२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रबाटै गृहमन्त्री खाणको पनि नाम सिफारिस भएपछि एमालेभित्र बबण्डर मच्चिएको छ ।

कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खाण रुपन्देही–३ बाट पनि सिफारिस हुन सक्ने बताएका छन् ।

कांग्रेसका नेता युवराज गिरी २०७४ को चुनावमा एमालेका नेता पौडेलसँग पराजित भएका थिए ।

व्यवसायी समेत रहेका कांग्रेस नेता चुन्नुप्रसाद पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् ।

रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।

Published : Thursday, 2022 September 1, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया