‘अवसरवादी’ वाग्ले विदेशी जागिर छाडेर टिकट खोस्न आए, कांग्रेसभित्र खैलाबैला
भरतपुर । विदेशमा बसेर विभिन्न संस्थामा काम गरेका र नेपाली कांग्रेसको नामबाट अवसर लिने सूचीमा पहिलो नम्बरमा रहेका स्वर्णिम वाग्लेले चितवन– १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने वाग्लेले चितवन– १ मा टिकटको दाबी गरेका हुन् ।
चितवन–१ मा कांग्रेसबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पनि निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले टिकटका लािग आवेदन दिएका छन् ।
यूएनडीपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार रहेका वाग्ले सक्रिय राजनीति गर्न भनेर नेपाल आएका हुन् ।
विदेशमा बसेर करोडौं पैसा कमाएका र राजनीतिमा संघर्ष नगरेका वाग्लेले टिकटमा दाबी गरेपछि चितवन कांग्रेसभित्र खैलाबैला भएको छ । वाग्लेले विदेशीहरूको निर्देशन र आग्रहमा काम गर्दै आएको आरोप छ ।
नेपालमै बसेर कार्यकर्तासँग जोडिएर काम गर्दै आएका नेताहरूको टिकट खोसेर उम्मेदवार बन्ने योजनामा रहेका वाग्लेलाई कार्यकर्ताले राम्रोसँग चिन्दैनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया