शीतल निवास छिरे एमालेका नेताहरू, भण्डारी भेट्न ओली गएनन्
काठमाडौं । शीतल निवासमा बसेर संविधानभन्दा बाहिर गएर राजनीति गरेको आरोप खेप्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का नेताहरूसँग भेट गरेकी छिन् ।
मंगलबार राति भण्डारीले एमालेका नेताहरूसँग भेट गरेकी हुन् । भण्डारीलाई भेट्न सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा, शंकर पोखरेलसहितका नेताहरू शीतल निवास छिरेको एमालेले जनाएको छ ।
भण्डारीले नागरिकता विधेयकका विषयमा एमालेका नेताहरूसँग परामर्श गरेको नेम्वाङले पत्रकारहरूलाई बताएका छन् ।
एमालेका नेताहरूले नागरिकता विधेयक पुनर्विचारका लागि सत्तापक्षले लचिलो बन्ने संकेत देखाएकाले सहमतिको ढोका खुल्न सक्ने भण्डारीलाई गराएका छन् ।
एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले एमालेका नेताहरूसँग दुई घण्टा भेटवार्ता गरेकी थिइन् ।
भण्डारीलाई भेट्न ओली गएनन् । धपेडीले गर्दा ओली बेड रेस्टमा रहेका कारण भेटर्वार्तामा अनुपस्थित थिए ।
नेम्बाङले भण्डारीले अहिलेको समसामयिक सन्दर्भसहित नागरिकता विधेयक, संसदमा उठेका प्रश्न, राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाएको सवाललगायतका विषयमा जिज्ञासा राखेको बताए ।
एमाले नेताहरूले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी, भारतीय सेनामा नेपाली युवाहरूको भर्तीका लागि अगाडि सारिएको अग्निपथ योजना र नागरिकता विधेयकबारे प्रमुख प्रतिपक्षीको हैसियतमा जिम्मेवारीपूर्वक जोडदार आवाज उठाए पनि सत्तागठबन्धनले लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रक्रिया मिचेर छलफलै नगरी बहुमतको बलमा पारित गरेको जानकारी भण्डारीलाई गराएका छन् ।
नेम्वाङले भने, ‘गृहमन्त्रीले प्रतिनिधिसभामा गठबन्धनको भाषा बोल्नुभएको थियो । राष्ट्रिय सभामा फरक रूपमा सकारात्मक भाषा बोलेको सुन्यौँ ।’
‘व्यवहारमा के गर्नुहुन्छ हेर्न बाँकी नै छ । हेरौँ, अहिल्यै हतार नगरौं’, उनले भने, ‘सरकारले गर्ने सकारात्मक प्रयासमा हाम्रो सहयोग रहन्छ ।’
एमाले र माओवादीलाई मिलाउन भण्डारीको ठूलो भूमिका थियो । भण्डारीले नेकपालाई फुटाएर एमाले र माओवादी केन्द्रलाई अलग–अलग बनाउन सहयोग गरेको आरोप पनि छ ।
शीतल निवासमा बसेर भण्डारीले राजनीति गरेर एमालेको पुच्छर बनेको आरोप पनि छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया