ओलीको नाम लिएर देउवाले भण्डारीलाई कडा जवाफ दिए, शीतल निवासमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

सोमबार शीतल निवासमा देउवा र कांग्रेसका नेताहरूले भण्डारीलाई भेटेका हुन् । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले पछिल्लो समय आफूलाई राजनीतिमा केन्द्रित बनाउँदै आएकी छिन् ।

नागरिकता विधेयकलाई लिएर विवादमा परेकी भण्डारीले राष्ट्रपति पदबाट राजीनामा दिने हल्ला पनि चलेको थियो । भण्डारीले पूर्व र बहालवाला सुरक्षाकर्मीहरूसँग पनि छलफल गरेकी थिइन् ।

प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले यसअघि ल्याएको नागरिकता अध्यादेशलाई अहिलेको सरकारले विधेयकका रूपमा ल्याएको बताएको जवाफ भण्डारीलाई दिएका छन् ।

भण्डारीले नागरिकता विधेयकका विषयमा आफ्नो संवैधानिक मर्यादाविपरित गएर देउवासँग सोधेपछि जवाफ भेटेकी हुन् ।

देउवाको भनाइ उदेत गर्दै एक नेताले भने, ‘अनागरिक भएकाहरूलाई नागरिकता दिन यो विधेयक हामीले ल्याएका हौं ।’
दुवै सदनबाट पारित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाएको देउवाले बताएका थिए ।

‘फिर्तापछि पनि प्रतिनिधि सभाबाट पारित भइसक्यो’, देउवाले भने, ‘राष्ट्रिय सभामा यो विधेयक पुगेको छ ।’

ओलीले अध्यादेशमा रूपमा ल्याएकै विषय अहिले विधेयकका रूपमा ल्याएको भन्दै देउवाले केही फरक नरहेको बताएका छन् ।

देउवासँग भण्डारीले समसामयिक राजनीति र आगामी चुनावबारे पनि कुरा गरेकी थिइन् । देउवाले चुनाव निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

भण्डारीसँगको भेटमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

Published : Monday, 2022 August 29, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया