कपिलवस्तु–३ मा कांग्रेसबाट क–कसको चर्चा ? शाह कन्फर्म, प्रदेशमा मियाँ र कनौडिया

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ मा युवा नेता अभिषेकप्रताप शाहले उम्मेदवारी दिने पक्का छ ।

सो क्षेत्रबाट पटक–पटक निर्वाचित भएका कांग्रेसका पूर्व केन्द्रीय सदस्य शाह अहिले पनि सोही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।

प्रतिनिधि सभातर्फ शाहलाई कांग्रेसले टिकट दिने पक्का छ । टिकट पाउने निश्चित भएपछि शाहले पनि आफूलाई जनतामा केन्द्रित बनाएका छन् ।

दुई वटा प्रदेश सभामा कांग्रेसले दुई जना नेताहरूलाई टिकट दिने सम्भावना छ ।

प्रदेश सभाको ‘क’मा कांग्रेसका नेता अकिल मियाँ र ‘ख’मा वीरेन्द्र कनौडियाले टिकट पाउने सम्भावना छ । प्रदेश सभातर्फ टिकटमा अन्य नेताहरूले पनि दाबी गरे पनि मियाँ र कनौडियाको सम्भावना निकै छ ।

कनौडियाले कपिलवस्तु क्षेत्र नं. २ मा प्रतिनिधि सभामा दाबी गरेका छन् । तर, कनौडियाले प्रतिनिधि सभामा टिकट पाउने सम्भावना निकै कम छ । कनौडिया लुम्बिनी प्रदेशका सांसद पनि हुन् ।

प्रदेश सभा ‘क’तर्फ टिकट दाबी गरेका अकिल मियाँ नेविसंघ र तरुण दलका उत्पादन हुन् । कांग्रेसका उप–सभापति धनराज गुरुङ नेविसंघको अध्यक्ष रहेका बेला मियाँ केन्द्रीय सदस्य थिए । विनोद कायस्थ नेपाल तरुण दलको अध्यक्ष रहेका बेला मियाँ केन्द्रीय सदस्य थिए ।

प्रदेश सभा ‘क’मा लोकप्रिय मानिने नेता मियाँ हाल कांग्रेसको नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्ष छन् ।

नेता मियाँले भने, ‘कपिलवस्तुको क्षेत्र नं. ३ मा युवा नेता अभिषेकप्रताप शाहको विकल्प छैन । त्यहाँबाट जित्ने उहाँले मात्रै हो । अरुलाई समस्या पर्छ ।’

नेता मियाँले प्रदेशतर्फ ‘क’मा टिकटका लागि आफ्नो दाबी रहेको बताएका छन् ।

Published : Saturday, 2022 August 27, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया