केकी र आर्यनसहित १४ जनाको नाम मानवतस्करीमा जोडियो, दलालहरूको भागाभाग
काठमाडौं । नायिका केकी अधिकारी र नायक हरिश सिग्देल ‘आर्यन’सहितका व्यक्तिहरूको नाम मनवतस्करीमा मुछिएको छ ।
नेपाल पर्यटन बोर्डको कीर्ते कागजात प्रयोग गरेर कलाकारहरूलाई नर्वे पुर्याउन खोजेपछि रहस्य बाहिरिएको छ । बोर्डको पत्र दुरुपयोग गरेर भिसाका लागि भारतस्थित नर्वेको राजदूतावासमा कागजपत्र पेश गरिएको थियो ।
नर्वेको राजदूतावासलाई कागजपत्रमा शंका लागेर बोर्डलाई मेलबाट पत्र पठाएर सोधेपछि रहस्यको खुलासा भएको थियो ।
फिल्म सुटिङको बहानामा १४ जना व्यक्तिलाई नर्वे पु¥याउन गिरोह सक्रिय भएको देखिएको छ ।
बोर्डका तर्फबाट पेस गरिएको कीर्ते सिफारिसमा भिसा माग गरिएका १४ जनाको सूचीमा नायिका केकी अधिकारी र नायक हरिश सिग्देल ‘आर्यन’को नाम पनि छ ।
दूतावासमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ फिल्मको सुटिङका लागि भनेर भिसा माग गरिएको छ ।
केकी अधिकारी, हरिश सिग्देल ‘आर्यन’, म्युजिक भिडियो निर्देशक दीपकप्रसाद आचार्य, निर्माता रोशन पराजुली
पर्यटन बोर्डका सदस्य सचिव डा.धनञ्जय रेग्मीले केही चल्तीका कलाकारको नाम देखाएर अन्य व्यक्तिलाई नर्वे पु¥याउने नियत देखिएको बताएका छन् । उनले बोर्डको लेटरहेड, छाप र हस्ताक्षर कीर्ते गरेर भिसा प्राप्त गर्न खोजेको बताए । उनले सो कार्यबाट आफू झस्किएको बताएको छन् ।
डा.रेग्मले भने, ‘यो हाम्रो पत्र होइन भनेर दूतावासलाई तत्काल जवाफ फर्काएका छौँ ।’ बोर्डले सो विषय अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)लाई पनि पत्र लेखेको छ ।
पर्यटन बोर्डको लेटरहेडमा रहेको सिफारिसपत्रमा प्रमुख कार्यकारी अधिकृत डा.रेग्मीको हस्ताक्षर दुरुपयोग गरिएको छ ।
भिसा आवेदनमा केकी अधिकारीलाई फिल्मको प्रमुख महिला कलाकार, हरिश सिग्देल ‘आर्यन’लाई प्रमुख पुरुष कलाकारका रूपमा भिसा मागिएको छ ।
निर्देशकका रूपमा दीपकप्रसाद आचार्यको नाम छ । निर्माताका रूपमा रोशन पराजुलीको नाम छ ।
फिल्मको एडमिन/फाइनान्स हेडका रूपमा विक्रम बस्नेत, हेड मेकअप आर्टिस्टका रूपमा रीता सापकोटा खनाल, कोरियोग्राफरका रूपमा माजोहित अन्सारी, ड्रेस डिजाइनर दीपेन भुजेल, क्यामेरापर्सनका रूपमा सरोज गुरुङ, सह–निर्माताका रूपमा भक्तबहादुर रानामगर, सहायक निर्देशकका रूपमा टेसबहादुर रन्टिजा, सिनेमाटोग्राफरका रूपमा राजु गुरुङ, प्रोडक्सन कन्ट्रोलरका रूपमा लक्ष्मण आचार्य र प्रमुख लाइटम्यानका रूपमा मीनराज गुरुङको नाम छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया