देउवाले ओलीको चित्त बुझाए पठाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेटवार्ता गरेका छन् ।

बालुवाटारमा बुधबार बिहान देउवा र ओलीबीच भेट भएको हो । उनीहरूका बीच झण्डै ६ महिनापछि भेट भएको छ ।

ओलीले देउवासँग गठबन्धनले निषेधको राजनीति अघि बढाएको भन्दै गुनासो गरेका छन् ।

एमालेलाई निषेध गर्नका निम्ति सत्ता गठबन्धन ७ दलीय पुगेको भन्दै ओलीले असन्तुष्टि पोखेको बुझिएको छ ।

अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक दायराअनुसार काम गरेको भन्दै बचाउ गरेका छन् ।

सत्ता गठबन्धनले राष्ट्रपतिलाई चुनौती दिएर गैरजिम्मेवार चरित्र देखाएको ओलीले आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल तथा सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

ओलीले चुनावको मिति मंसिर ४ गते घोषणाका बेला सरकारले आफूहरूसँग परामर्श नगरेको भन्दै ओलीले देउवासँग असन्तुष्टि पोखेका छन् ।

ओलीले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

ओलीले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने कुरा पनि ओलीले प्रधानमन्त्री देउवासँग राखेका छन् ।

Published : Wednesday, 2022 August 24, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया