बालेनको अर्को शक्तिशाली कदम, एमालेका विद्यासुन्दर शाक्य चकित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले एकपछि अर्को राम्रो काम गर्दै गएका छन् ।
काठमाडौंको फोहर, महानगरको प्रहरी प्रमुख धनपति सापकोटालाई हटाउने लगायतका काम गरेर प्रशंसा कमाएका शाहले पार्किङको समस्यालाई समाधान गर्न लागेका छन् ।
शाहले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसललाई हटाउन आदेश दिएका छन् ।
काठमाडौं महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङलाई हटाउने अभियान सुरू गरेको छ ।
सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर समय दिएको थियो ।
अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो ।
सोमबारदेखि काठमाडौं महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरू गरेको छ ।
मेयर बालेन शाहसहित टोली आज अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पुगेका छन् ।
घर तथा भवनको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए ।
काठमाडौंमा पार्किङको ठूलो समस्या छ । यसअघिका एमालेबाट जितेका मेयर विद्यासुन्दर शाक्यको गलत नीति र हर्कतले गर्दा काठमाडौं अस्तव्यस्त बनेको थियो ।
एमालेका तत्कालीन मेयर शाक्यले फोहर व्यवस्थापन गर्न नसकेर बाहिरिएका थिए । फोहरको समस्या शाक्यले नै निम्ताएका हुन् ।
एमालेका नेता समेत रहेका शाक्यले राम्रोसँग काम गरेको भए फोहरको समस्या हुने थिएन । शाक्यले पार्किङमा पनि काम गर्न सकेनन् ।
बालेनले काठमाडौं महानगरमा क्रमशः सुधारका काम गरेपछि विद्यासुन्दर शाक्यसहितका कम्युनिस्टलाई तनाब भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया