‘मिटर व्याज’ चीनको हर्कतले नेपाललाई नोक्सान, बेइजिङको टाउको दुख्यो

काठमाडौं । नेपालमा २०७२ सालको भूकम्पपछि अघोषित नाका बन्दी लगाएको चीनले नेपालमा अमेरिका, भारत, युरोपियन युनियन वा अन्य देशहरूले आर्थिकसहितका सहयोगहरू गर्दा चित्त दुखाउने गर्छ ।

नेपालमा आफ्ना सुराकी र एजेन्टहरू राखेर निगरानी गर्दै आएको चीनले उत्तरतर्फका सबै नाकाहरू बन्द गरिदिएको छ ।

चीनले नाकाहरू बन्द गरेर सामान आउन दिएको छैन । चीनले उत्तरी नाकाहरूबाट मुसो पनि छिर्न दिएको छैन ।

नेपालका ठूला र दीर्घकालीन महत्व राख्ने जलविद्युत्, सडक, पुल, विकासका आयोजना, पेट्रोलियम पदार्थको उत्खनन्, अनुसन्धान आदिमा हात हालेको छ ।

करीव ७ वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको चीनले नेपालले ठूला आयोजनाहरू दिएन भनेर टाउको दुखाउनुको कुनै अर्थ छैन । नेपाल चीनको दास होइन । नेपाल एक चीन नीति पक्षमा छ । आफ्ना छिमेकी मुलुकहरूविरुद्ध चीन होस् वा भारत कसैका विरुद्ध आफ्नो भूमि नेपालले प्रयोग गर्न दिएको छैन ।

नेपालले अमेरिकन सहयोग एमसीसी लिँदा चीनको टाउको दुख्यो । एमसीसी रोक्न चीनले आफ्ना एजेन्ट र दलालहरूलाई प्रयोग गरेर ठूलै हर्कत गरेको थियो ।

बुढी गण्डकी नेपालले चीनसँग खोसेर राम्रो काम गरेको छ । चीनले नवलपरासीको गैंडाकोटदेखि बुटवलसम्मको सडक बनाउने खर्बौंको ठेक्का लिएको छ । तीन÷चार वर्ष भईसक्दा पनि चीनले मन लगाएर काम गरेको छैन ।

चीनले नेपालमा विकास होस् भन्ने चाहना राख्दैन । नेपालमाथि राम्रो दृष्टीकोण हुन्थ्यो भने चीनले भन्सार नाका बन्द गर्ने थिएन । ठूला आयोजनाहरू समयमा पूरा गर्ने थियो ।

भारतले नेपालसँगको कुनै पनि नाका बन्द गरेको छैन । सबै नाका खुला छन् । चीनले जस्तो औकात र हर्कत भारतले गरेको छैन । यदि भारतले पनि चीनले जस्तै गर्ने हो भने नेपालको दुरदशा हुने थियो ।

चीनले नेपाललाई मिटर व्याजमा ऋण दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चीनले महँगोमा ऋण दिएको छ ।

पोखरा विमानस्थलको व्याज समयमा बुझाउन नसक्दा चीनले नेपालसँग ६० लाख रुपियाँ जरिवाना लिइसकेको छ ।

चीनले नेपालसहितका देशहरूलाई महँगो व्याज (मिटर व्याज) ऋण भिडाउने र त्यो देशका महत्वपूर्ण सामरिक तथा भौतिक संरचना कब्जा गर्ने नीति छ ।

श्रीलंका चीनका आर्थिक रुपमा ध्वस्त बनेको छ । पाकिस्तानको अवस्था पनि त्यस्तैछ ।

चीनले नेपाललाई अमेरिका, भारत, युरोपियन युनियनको आर्थिक सहयोग नलिन दवाव दिँदै आएको छ । तर, चीनको यो दवाव मान्ने हो भने नेपालको अवस्था पनि श्रीलंकाको जस्तै हुन बेर लाग्नेछैन ।

एमसीसी जस्तै सहयोग दिन चीनले चाहँदैन । बरु व्याजमा पैसा लैजा भनेर भन्दै आएको छ । चीनको खराब नीतिले नेपालको कहिल्यै पनि भलो हुनेछैन ।

Published : Sunday, 2022 August 21, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया