यस्तो हो एमालेको असली ‘कालो’ अनुहार, नाङ्गेझार बने यी नेताहरू
काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ मा समेटिएका केही प्रावधानबारे अहिले विवाद छ ।
मुख्यगरी ऐनको दफा ५ को ‘अंगिकृत नेपाली नागरिकता प्राप्ति’ शीर्षकको उपदफा १ मा रहेको ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाचामा निवेदन दिनुपर्नेछ ।
त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेस गर्नु पर्नेछ ।’
यो ऐनमा वैवाहिक अंगिकृत नागरिकताका सम्बन्धमा विवाह गरेर आएको कति समयपछि नेपाली नागरिकता प्रदान गर्न सकिन्छ भन्नेबारे कुनै उल्लेख छैन । विवाह गरेर नेपाल आउने विदेशी महिलाले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गरेपछि दिने व्यवस्था उल्लेख छ । यो व्यवस्था २००९ सालको नागरिकता ऐनमा पनि थियो ।
यस्तो व्यवस्था ऐनमा गर्दा पुनस्थापित प्रतिनिधि सभा थियो । पुनःस्थापित प्रतिनिधि ७ दल सहभागी थिए र सात दल सरकारमा पनि सहभागी थिए । प्रतिनिधि सभामा सर्वसम्मत रूपमा यो ऐन पारित गरेको थियो ।
अहिले वैवाहिक अंगिकृतलाई नागरिकता दिन ७ वर्ष समय राख्नुपर्ने बताउँदै आएको एमाले पनि सहभागी सरकारले यो ऐन प्रतिनिधि सभामा प्रस्तुत गरेको थियो । एमालेका तर्फबाट २०६३ वैशाख १९ गते तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा उप–प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भएर खड्गप्रसाद ओलीले नेतृत्व गरेका थिए । अहिले ओली प्रमुख प्रतिपक्षी दलका नेता छन् । ओलीले सबैभन्दा बढी यही ऐनको विरोध गरिरहेका छन् ।
अर्को अचम्म त यही ऐनलाई संशोधन गरी बाबु आमाको नेपाली नागरिकता भएर पनि कानूनको अभावमा छोरा, छोरीले नागरिकता नपाउने अवस्था भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट संशोधन पारित गरी प्रमाणीकरणका लागि पठाइएको विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)का तर्फबाट काठमाडौं–२ बाट निर्वाचित सांसद् थिइन् ।
त्यसपछि २०६३ मा सर्वसम्मतिको दस्तावेजका रूपमा जारी भएको अन्तरिम संविधान–२०६३ मा पनि अंगिकृत नागरिकताको विषयमा यही प्रावधान राखिएको थियो । २०७२ सालमा संविधान सभाबाट जारी संविधानमा पनि अंगिकृत नागरिकताका सम्बन्धमा अन्तरिम संविधान २०६३ मा उल्लेखित विषय समावेश गरिएको छ । सरकारले अहिले त्यसैका आधारमा टेकेर नेपाल नागरिकतासम्बन्धी विधेयक ल्याएको छ ।
पुनःस्थापित प्रतिनिधि सभाबाट सर्वसम्मतरूपमा जारी यो ऐन पास गर्दा एमालेका तर्फबाट प्रतिनिधि सभामा वर्तमान राष्ट्रिपति भण्डारी, अहिलेका प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता ओली, अमृत बोहोरा, झलनाथ खनाल, भरतमोहन अधिकारी, मंगलसिद्धि मानान्धर, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, प्रदीप नेपाल, वंशीधर मिश्र, उर्मिला अर्याल, कृष्णप्रसाद दाहाल, महेन्द्र पाण्डे, रघुजी पन्त, राजेन्द्र पाण्डे, लालबाबु पण्डित, सुभाषचन्द्र नेम्वाङ, बसन्त नेम्वाङ, बामदेव गौतम, विजय सुब्बा, सोमप्रसाद पाण्डेसहितका ८३ सांसद् थिए । यीमध्य अधिकांश नेताहरू अहिलेको प्रतिनिधि सभामा पनि एमालेका तर्फबाट सांसद छन् ।
ऐन प्रमाणित हुने मिति २०६३ मंसिर १० गतेसम्म एमाले सरकारमै थियो । त्यो सरकारमा ओली उप–प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री थिए । एमालेका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे स्थानीय विकास, प्रदीपकुमार ज्ञवाली संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मंगलसिद्धि मानान्धर शिक्षा तथा खेलकुद मन्त्री थिए । एमालेका तर्फबाट उर्मिला अर्याल महिला बालबालिका तथा समाजकल्याण र धर्मनाथप्रसाद साह सामान्य प्रशासन राज्यमन्त्री थिए ।
पहिला आफै सरकारमा सहभागी भएर ऐन लैजाने र संसदमा कुनै विरोध नगरी सर्वसम्मत रूपमा पास गरेको अंगिकृत नागरिकतासम्बन्धी व्यवस्थालाई अहिले ल्याइएको विधेयकमा त्यही व्यवस्था राख्दा पनि विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएको ५ वर्ष वा ७ वर्ष कटेपछि मात्रै दिने मिल्ने व्यवस्था गरौँ भन्नु एमालेको द्वेध चरित्र देखिन्छ ।
पहिला आफैले पास गरेको व्यवस्था राखेर अहिलेको सरकारले ल्याएको नागरिकता विधेयक एमालेले मान्दैनौ भनेको छ । प्रतिनिधि सभामा बिहीबार विपक्षमा मतदान गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया