प्रचण्डको गोजीमा यी नेताहरूको नाम
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दलका नेताहरूलाई बिरालोले मुसालाई खेला जस्तै खेलाएका छन् ।
दाहालले माओवादीका शीर्ष नेताहरूलाई साईजमा राख्न विभिन्न हर्कत गर्दै आएका छन् । दाहालले पदाधिकारीको सूची बनाएर गोजीमा राखेका छन् ।
दाहालले उपाध्यक्षमा दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सूची बनाएका छन् । दाहालले महासचिवमा देव गुरुङलाई प्रस्ताव गर्ने तयारीमा छन् ।
उप–महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेलको सूचीमा नाम रहेको चर्चा छ । महासचिवमा वर्षमान र जनार्दनको दाबी कायमै रहेको नेताहरूले बताएका छन् ।
केही नेताहरूले एक जना वरिष्ठ उपाध्यक्ष र एक जना उपाध्यक्ष बनाएर उप–महासचिवको पद बढाउनुपर्ने सुझाव दाहाललाई दिएका छन् । दाहालले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइसकेका छन् ।
१ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उप–महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित १५ देखि २१ सदस्य पदाधिकारी चयन गर्ने तयारी दाहालको छ ।
प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको मुखमा दाहालले सबैको चित्त बुझ्ने गरी पदाधिकारी चयन गर्न खोजेको माओवादी नेताहरूले बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिलाई भने पूर्णता दिएको छ । असारमा बसेको माओवादी केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्युरोको संख्या टुंग्याएको थियो ।
बैठकमा वैकल्पिकसहित १ सय ५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय भएको थियो । माओवादीको केन्द्रीय समिति ३ सय ७७ सदस्यीय छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया