खुमलटार आए अमेरिकीसहित युरोपेली राजदूतहरू, कम्युनिस्ट नेताहरूसँग भेट
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिका र युरोपेली युनियनका राजदूतहरूले संयुक्त रुपमा भेट गरेका छन् ।
शनिबार बिहान ललितपुरको खुमलटारस्थित दाहालको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा माओवादी नेता वर्षमान पुन, खिमलाल देवकोटाको पनि उपस्थिति रहेको थियो । अमेरिकी राजदूत र युरोपेली देशका राजदूतहरूले अचानक कम्युनिस्ट नेताहरूलाई भेटेपछि तरंग उत्पन्न भएको छ ।
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार संयुक्त राष्ट्र संघका आवासीय संयोजक, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मन, स्विस तथा युरोपेली युनियनका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलले भेट गरेका हुन् ।
भेटमा राजदूतले नेपालमा भएका गम्भीर मानवअधिकार उलङ्घननको घटना र पीडितहरूको पुनरावेदनको अधिकारकाबारे चासो राखेका छन् ।
उनीहरूले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सकरात्मक सहयोग र सद्भाव रहने बताएका छन् ।
राजदूतहरूले नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको बताएका थिए ।
अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदान रहेको स्मरण गरेका छन् ।
उनले शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा राजदूतले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद दिएका छन् ।
विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका संवेदनशीलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पु¥याउन सफल हुने विश्वास उनीहरूले लिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया