हेडक्वाटार तानिए राशसन घोटाला गर्ने एसपी, फसाइएका हवल्दार थुनामा
काठमाडौं । दार्चुला जिल्लामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् ।
राशन घोटालामा मुछिएपछि सशस्त्र प्रहरीको हेडक्वाटर, हलचोक, काठमाडौंले विष्टलाई तानेको हो ।
सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रूपमा कार्यरत एसपी विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेको छ । हेडक्वाटरले एसपी विष्टमाथि छानबिन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा भट्टराईले एसपी विष्टलाई तत्काल जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् ।
उनले राशनमा अनियमितता भएको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हलचोक झिकाएर आवश्यक छानबिन गरेको बताएका छन् ।
एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन बापत प्राप्त हुने गरेको रकम खल्तीमा हाल्ने गरेको आरोप लागेको छ ।
यो विषयसँग सम्बन्धित सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै सोही गणमा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह साहुमाथि एसपी विष्टकै सिफारिसमा मुद्दा चलाइएको छ ।
सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएका साहु डिल्लीबजार कारागारमा छन् ।
गणमा रहेका हातहतियार सम्बन्धी विवरणको समेत सूचना सञ्चार माध्यमलाई दिएको भन्दै एसपी विष्टकै सिफारिसमा साहुमाथि जन्मकैदको सजाय माग गरिएको छ ।
साहुका परिवारले एसपी विष्टले फसाउन झुठो मुद्दा लगाएको आरोप लगाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया