शेखरले आफू निकटका जनप्रतिनिधिहरूलाई खाजा/नास्ता खुवाए, देउवा निकटका पनि पुगेपछि शेखर चकित

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो गुटका स्थानीय तहा जनप्रतिनिधिहरूलाई खाजा÷नास्ता खुवाएका छन् ।

बुधबार बिहान शेखरले काठमाडौंको बत्तिसपुतलीमा आफू निकटका जनप्रतिनिधि र नेताहरूलाई खाना र नास्ताको व्यवस्था गरेका थिए ।

शेखरको खाना र नास्ता खान नेता विजयकुमार गच्छदार, सह–महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा, अमृत अर्याल, नैनसिंह महर, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत नेता पुगेका थिए ।

उप–सभापति धनराज गुरूङ, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी, कमला पन्त, प्रकाश रसाइली, गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा, लुम्बिनी सभापति अमरसिंह पुन, नेता गुरू घिमिरे, जगदीश्वरनरसिंह केसी लगायतको पनि सहभागिता रहेको थियो ।

Published : Wednesday, 2022 August 17, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया