यी हुन् अबका नयाँ जिल्ला न्यायाधीशहरू

काठमाडौं । न्याय परिषदले २१ जना न्याय सेवाका कर्मचारीलाई जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जनामध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

असार २७ गते न्याय परिषदले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थियो ।

६३ जनाले आवेदन दिएका थिए । साउन १० गते आवेदन दिएकाहरूउपर परिषदले उजुरी आह्वान गरेको थियो ।

टेकबहादुर कार्की, प्रकाश कोइराला, ध्रुवकुमार ढकाल, विकास श्रेष्ठ, नवराज दुलाल, जगन्नाथ पौडेल, विष्णुप्रसाद रेग्मी, पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल र महेन्द्रबहादुर थापा क्षेत्रीको नाम सिफारिस भएको छ ।

भीमबहादुर निरौला, रामानान्दप्रसाद अधिकारी, मोहन सुवेदी, सुरेशराज खनाल, निर्मला सुवेदी, हर्कबहादुर क्षेत्री, पूर्णिमा कोइराला, तारादेवी महर्जन, डल्लुराम चौधरी, ताराकुमारी शर्मा, भगवती शर्मा ढुंगाना पनि सिफारिसमा परेका छन् ।

Published : Tuesday, 2022 August 16, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया