शेखर समूहले देउवाविरुद्ध खबरदारी सभा गर्ने, कार्यक्रम भयो भने कांग्रेसमा फुटको विजारोपण हुने
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मिलेर जानुपर्ने बेला नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाविरुद्ध सडक आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ ।
शेखर निकटका नेता युवराज पाण्डेका अनुसार देउवाविरुद्ध भदौ १ गते खबरदारी सभा गर्ने कार्यक्रम छ ।
भ्रातृ संस्थाको अध्यक्षमा पार्टी सभापति देउवाले एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको पाण्डेले बताएका छन् ।
शेखर कोइरालाको निर्देशनमा भदौ १ गते प्रधानमन्त्री समेत रहेका सभापति देउवा खबरदारी सभा गर्न लागेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।
भ्रातृ संस्थामा शेखर कोइराला निकट रहेकाहरूले संयुक्त रुपमा खबरदारी सभा गर्न लागेका हुन् ।
शेखर कोइराला समूहका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघले खबरदारी सभाको आयोजना गरेका छन् ।
खबरदारी सभामा आफ्नो समूहका दोस्रो तहका नेता साथै भ्रातृ संस्थाका नेताहरूले सम्बोधन गर्ने पाण्डेले पत्रकारहरूलाई बताएका छन् ।
शेखर कोइराला समूहले निर्वाचनका बेला सभापति देउवाविरुद्ध सडकमै उत्रिएर खबरदारी सभा ग¥यो भने कांग्रेसलाई ठूलो नोक्सानी हुनेछ ।
खबरदारी सभा भएकै दिनदेखि कांग्रेसमा फुटको बिजारोपण हुने टिप्पणी भएको छ । पार्टीभित्रको असन्तुष्टि पार्टीभित्रै राख्न सकिन्छ । तर, व्यक्तिगत स्वार्थका लागि शेखर कोइराला समूहले सभापति देउवाविरुद्ध आफू निकटका तरुण, विद्यार्थी र महिलाहरूलाई उतारेर खबरदारी सभा गरेपछि झन् दरार उत्पन्न हुनेछ ।
शेखर कोइराला र गगन थापाले १४औँ महाधिवेशनमा भागबण्डाको अन्त्यका लागि आफूहरूको उम्मेदवारी रहेको र भाग नमाग्ने भनेर महाधिवेशन प्रतिनिधिसमक्ष प्रतिवद्धता जनाएका थिए ।
अहिले आएर शेखर कोइराला र गगन थापासहितका नेताहरूले पुनः ६०/४० को भाग खोजेर चुनावका बेला मिलेर जानुपर्ने बेला आफ्नै सभापति देउवाविरुद्ध भदौ १ गते खबरदारी सभाको कार्यक्रम राखेर कांग्रेस फुटाउने रणनीति ल्याएको चर्चा हुन थालेको छ ।
शेखर समूहले काठमाडौंमा दैनिक सरह गुटको बैठक र भेला राखेर सभापति देउवाविरुद्ध गतिविधि गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया