क्याप्टन डुकटिलको नेतृत्वमा अमेरिकी टुकडी काठमाडौं उत्रियो, नगरकोट र छाउनीमा अभ्यास गर्ने

काठमाडौं । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न अमेरिकी सेनाको टुकडी आवश्यक सैन्य सामग्रीसहित काठमाडौं आइपुगेको छ ।

संयुक्त अभ्यासमा सहभागिताको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टुकडी क्याप्टन ब्लेक डुकटिलको कमाण्डमा अभ्यासका लािग आवश्यक पर्ने सैन्य सामग्रीसहित साउन ३० गते नेपाल आइपुगेको नेपाली सेनाद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त अभ्यासमा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित संयुक्त तालिम/अभ्यास ल अफ आर्म्ड क्नफ्क्टि (एलओएसी), मिलिटरी डिसिजन मेकिङ प्रोसेस (एमडीएमपी)लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन गर्ने योजना रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘विक्रम संवत २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको एक्स–ब्यालेन्स नेल विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण नेपाल सरकार, रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गणहरू र मित्रराष्ट्र अमेरिकी सेनाको टुकडीबीच मिति २०७९ साउन ३१ गतेदेखि मिति २०७९ भदौ ३१ गतेसम्म संयुक्त अभ्यास एक्स–ब्यालेन्स नेल २२–५५३० संचालन हुन गइरहेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले नेपाललाई एमसीसीमार्फत ठूलो रकम अनुदानमा दिएको छ । एमसीसीको सो रकम विजुलीको प्रशारण लाईन बनाउन खर्च हुनेछ । केही रकम सडक बनाउन पनि खर्च हुनेछ ।

नेपालमा अमेरिकाको स्टेट पार्टनर प्रोग्राम (एसपीपी)को विरोध भएपछि सो कार्यक्रम नगर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । एसपीपी सैन्य रणनीति रहेको भन्दै नेपालले सो विषय अस्वीकार गर्ने निर्णय गरेको थियो ।

Published : Monday, 2022 August 15, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया