यती, ओम्नीसहित काण्डै काण्डको आरोप लागेका र विलासी जीवनमा रहेका ओलीसँग उपचार खर्च छैन रे !
काठमाडौं । झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारको बेलामा प्रधानमन्त्री रहेका बेला आफ्नो उपचारमा सरकारी लाखौं रुपियाँ सकेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताए । उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताएका छन् ।
उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर, त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताएका छन् ।
आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताएका छन् ।
‘तपाईंहरूले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ’, ओलीले भने, ‘किनभने दान गरिसकेको छु ।’
ओलीले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने दाबी गरेका छन् । सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएको उनले बताएका छन् ।
ओलीले सबैले आफूलाई भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरू नै भ्रष्ट भएको बताए ।
‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ?’, ओलीले भने, ‘मसँग छभने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ?’
‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? त्यसकारण यो कुरा सम्भव छैन’, ओलीले भनेका छन् ।
एमालेका अध्यक्ष ओलीले भने, ‘गन्तव्य तोकेर अगाडि बढ्न सक्ने कोही नहुँदाखेरि अर्काले गर्यो भने सबै उस्तै हो, कसैले पनि केही गर्न सक्दैन, कसैले पनि केही देख्दैन, कसैले पनि केही गर्दैन, कसैसँग भिजन छैन, यस्तो हल्ला चलाउँछन् ।’
ओली प्रधानमन्त्री बनेका बेला कोरोना महामारीका बेला ओम्नी काण्ड, यती समूहलाई नेपाल ट्रष्टको सरकारी जग्गा कौडीको भाउमा भाडामा दिने, वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्डमा विष्णु पौडेललाई बचाउने, झापाको गिरीबन्धुको चियाबगानको जग्गा काण्ड आदि थुप्रै काण्डहरू भएका थिए । ओलीले ती कुनै पनि काण्डलाई छानविन गर्न दिएनन् ।
अहिले आएर ओलीले आफूसँग उपचार खर्च पनि छैन भनेर सबैलाई चकित तुल्याइदिएका छन् । ओलीको बालकोटमा भव्य महल छ । ३०/४० जना सुरक्षाकर्मी छन् । महँगो गाडी चढ्छन् । पार्टी कार्यालय शानदार बनाएका छन् । विलासी जीवन विताइरहेका छन् । ठूला ठूला व्यापारीहरूसँग ओलीको सम्बन्ध छ । एकजना विवादित व्यापारीलाई त ओलीले मन्त्री र सल्लाहकार नै बनाएका थिए ।
प्रधानमन्त्री रहेका बेला ओलीले बैंककमा पुगेर मिर्गौलाको उपचार गराएका थिए । दुईतिहाईको बहुमत हुँदाहुँदै सरकार र पार्टी सम्हाल्न नसकेर सत्ताभन्दा बाहिर आएका ओलीले निर्वाचन आउँदै गर्दा आफूसँग उपचार गर्ने खर्च छैन भनेर फण्डा गरेका छन् । ओलीले उपचार खर्च गर्ने पैसा छैन भने पनि जनताले मान्न र विश्वास गर्न तयार छैनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया