कांग्रेसलाई जिताउन कलकारहरूको भूमिका ठूलो रहन्छ : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यले पार्टीलाई बलियो बनाउने बताएका छन् ।
शुक्रबार काठमाडौंको अनामनगरमा कांग्रेसको भ्रातृ संस्था नेपाल संस्कृतिक संघले आयोजना गरेको ‘नेपाली कांग्रेस र साहित्य’ विषयक कार्यक्रम बोल्दै उनले आफूले कविता लेख्ने गरेको बताए ।
‘मैले जेल जीवनमा होस् या एक्लै हुँदा कविता कोर्ने गरेको छु’, नेता पौडेलले भने, ‘म तनहुँको भएकोले यसै पनि साहित्य प्रेमी नै हुँ ।’
नेपाल सांस्कृतिक संघमा आबद्ध कलाकारहरूले पार्टीलाई बलियो बनाएको उनले बताएका छन् ।
‘हामीलाई कलाकारहरूले बलियो बनाएका छन्’, उनले भने, ‘हामीले उहाँहरूलाई राम्रोसँग समेट्न सकेका छैनौं । आउँदा दिनमा हामी सांस्कृतिककर्मीको उल्लेख्य उपस्थिति पार्टीमा गराउनेछौँ ।’
उनले संघका सभापति तीर्थ थापा, महामन्त्री शिवशंकरप्रसाद रिजाल लगायतका कलाकारहरूलाई अझै क्रियाशीलता बढाउन आग्रह गरेका छन् ।
नेता पौडेलले आउँदो चुनावमा सांस्कृतिककर्मीहरूलाई एकजुट भएर पार्टीलाई जिताउने अभियानमा जुट्न आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया