कांग्रेस प्रवक्ता डा.महतद्वारा हेटौँडामा जम्मा भएका पत्रकारहरूलाई दिए शुभकामना, व्यवस्थापनमा आफै खटिए

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले नेपाल प्रेस युनियनको ९औँ महाधिवेशन सफलता र भव्यताका साथ सम्पन्न गर्न शुभकामना दिएका छन् ।

आज शुक्रबारदेखि हेटौँडामा शुरु हुन लागेको युनियनको महाधिवेशनलाई सफल बनाउन डा.महतले सबैसँग अनुरोध गरेका छन् । उनले भने, ‘लोकतन्त्रप्रति आस्था राख्ने र नेपाली कांग्रेसप्रति आवद्ध देशभरिका प्रेस युनियनका साथीहरूलाई शुभकामना छ । महाधिवेशन सफलताका साथ पूरा गर्नुहुनेछ ।’

उनले शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यक्रम, योजना, पत्रकारहरूका हकहित र लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेबारेमा पनि उचित निर्णय गर्न शुभकामना दिएका छन् ।

कांग्रेसका प्रवक्ता डा.महत तीन दिनदेखि हेटौँडामा छन् । युनियनको महाधिवेशनमा हुने तयारीको बारेमा पार्टीका तर्फबाट सहयोग गर्न डा.महत खटिएका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले महाविधेशनको उद्घाटन गरेपछि औपचारिक रुपमा प्रेस युनियनको कार्यक्रमहरू शुरु हुनेछ ।

डा.महतलाई नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले साथ दिएका छन् । बानियाँले महाधिवेशनको तयारीमा आफै खटिएर सहयोग गरेका छन् ।

Published : Friday, 2022 July 22, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया