एमालेको झोले बनेर एम.सरले कांग्रेस सरकार असफल बनाउन लागेपछि अपदस्त गर्न दवाव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको मन्त्री पद खाइदिन प्रमुख कारकतत्व मानिएका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी (एम.अधिकारी) एमालेमा भूमिगत शैलीमा सक्रिय रहेको खुलासा भएको छ ।

एमालेका नेता घनश्याम भुसाल संयोजकत्वको अर्थ तथा योजना विभागमा खोटाङ जिल्ला घर भएका एम.अधिकारी सदस्य छन् । खोटाङका एम.अधिकारी गर्भनर रहेको कम्युनिस्ट नेता एवम् अर्थविज्ञ हरि रोकाले ट्वीटरमार्फत खुलासा गरेका छन् ।

एम.अधिकारी अरु कोही नभएर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीनै रहेको एमालेका नेताहरूको भनाइ छ । गर्भनर अधिकारी खोटाङका हुन् । उनी विगतमा पनि एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए ।

गभर्नरको पदमा रहँदा अधिकारीले आफ्नो वास्तविक नाम राख्न नमिल्ने भएपछि विभागमा उनलाई एम.अधिकारी, खोटाङ भनेर नियुक्त गरिएको एमालेका एक नेताले बताएका छन् ।

गभर्नर अधिकारीलाई एमालेका पूर्व नेता एवम् अर्थविज्ञ हरि रोकाले ट्वीटरमार्फत बधाई दिएका छन् । रोका पनि खोटाङ जिल्ला निवासी नै हुन् । रोका र अधिकारीबीच लामो चिनजान छ ।


रोकाले ट्वीटरमा लेखेका छन्, ‘मेरा अनन्य मित्रहरू माननीय घनश्याम भुसालको प्रमुखतामा अनन्य मित्रत्रय कामरेड योगेन्द्र शाही सचिव र प्रा.डा.रामचन्द्र आचार्य जिल्लावासी राष्ट्र बैंकका गभर्नर एम.अधिकारीलाई देशको ठूलो दल एमालेले अर्थ तथा योजना विभागमा सदस्य नियुक्त गरेकोमा उहाँहरू सबैमा कार्यकालको शुभकामना ।’

एमालेको आदेश र निर्देशनमा गभर्नर अधिकारीले राष्ट्र बैंकमा बसेर काम गर्दै आएका छन् । एमालेकै कारण गभर्नर अधिकारीले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई असफल बनाउन लागेका छन् । अधिकारीले गोप्य सूचनाहरू बाहिर चुहाएका छन् ।

गर्भनर अधिकारीले खड्गप्रसाद ओलीको कुरा सुन्ने र एमालेबाट परिचालित हुने गरेको आरोप निवर्तमान अर्थमन्त्री शर्माले लगाएका थिए ।

गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना विभागमा रहेको व्यक्ति आफू नरहेको दाबी गरेका छन् ।

एम.अधिकारीका नाममा गभर्नर जस्तो सरकारी उच्च ओहदामा बसेर एमालेको निर्देशनमा काम गरेर सरकारलाई असफल बनाउन खोज्नेलाई छिटोभन्दा छिटो अपदस्त गर्नुपर्ने माग उठेको छ । गभर्नर अधिकारी एमालेको झोले बनेर अर्थमन्त्री शर्माको मन्त्री पद नै खाइदिने मुख्यपात्र बनेका बनेका छन् ।

Published : Wednesday, 2022 July 13, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया