शेखर कोइरालाको ओठमुख सुक्यो, निच आरोप लगाएपछि एक बन्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले नेता शेखर कोइरालाले देखाएको निच हर्कतको विरोध गर्दै आलोचना गरेका छन् ।

१४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेर पराजित भएका शेखरले त्यस बेला गरेको प्रतिवद्धता विपरितका हर्कत गरेपछि नेताहरूले विरोध गरेका हुन् ।

केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा धारणा राख्ने नेताहरूले शेखर समूहको हर्कतको विरोध गरेको नेताहरूले बताएका छन् ।

शेखरले भागबण्डाको राजनीति अन्त्य भएको भनेर घोषणा गरेका थिए । शेखरको यो अभियानमा गगन थापा, धनराज गुरुङहरूले पनि साथ दिएका थिए ।

महामन्त्रीमा जितेका गगन र उप–सभापतिमा जितेका धनराजले पनि अहिले आएर गुटको बैठक र भेलामा सहभागी भएर भागबण्डा माग्न थालेका छन् । शेखर समूहको कांग्रेसलाई कमजोर बनाउने गरेर हर्कत गरेपछि बैठकमा आलोचना भएको छ ।

१/२ जना नेता बाहेक सबैले शेखरको आलोचना गरेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाएका देउवाको शेखर समूहले आलोचना गरिरहेको छ । सरकारको नेतृत्व लिएको कांग्रेसले राम्रो काम गरेको छ । तैपनि शेखर समूहलाई मन परेको छैन ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, गोपाल दहित, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती वजिमय, प्रकाश रसाइली ‘स्नेही’, रंगमती शाही, कुन्दनराज काफ्ले, प्राडा गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले आ–आफ्नो धारणा राखेका थिए ।

यसअघि पहिलो दिन शेखरले लिखित प्रस्तुत गर्दै पार्टी नेतृत्व र सरकारको चर्को आलोचना गरेका थिए । शेखरले सभापति एवम् प्रधानमन्त्री देउवाले आफूविरुद्ध सुराकी खटाएको भनेर निच आरोप लगाएका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

पार्टीमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल गर्ने भनिएको छ ।

Published : Tuesday, 2022 July 12, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया