कोइराला परिवारको इज्जत जाने गरेर शेखरले निच हर्कत गरेपछि जितजंगले बैठकभित्रै सातो लिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले नेता शेखर कोइलाले आफूमाथि पार्टी सभापति शेरबहादुर देउवाले सुराकी खटाएको भनेर प्रोपोगान्डा गरेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता बस्नेतले सुराकी खटाएकोबारे पहिले नै भन्नुपर्ने बताए ।

शेखरले सभापति एवम् प्रधानमन्त्री देउवालाई निजी आरोप र हर्कत गर्दै आएका छन् । शेखरले कोइराला परिवारको इज्जत जाने गरेर निकै तल्लो र निच आरोप देउवालाई लगाएपछि विरोध भइरहेको छ ।

देउवाका लागि शेखर सुराकी खटाउनै पर्ने नेता वा व्यक्ति होइनन् । शेखरले आफूलाई ठूलो र के–के नै हो भनेर कार्यकर्तामा भ्रम छर्न यो आरोप लगाएको टिप्पणी भएका छन् ।

‘उहाँले (शेखर कोइराला)ले आफूमाथि सुराकी लगाएको भनेर त्यतिबेला किन नभनेको ? त्यही बेला भनेको भए अर्कै कुरा हुन्थ्यो’, नेता बस्नेतले भने, ‘अहिले किन प्रोपोगाण्डा गर्नुभयो ? त्यही बेला भनेको भए हामी पनि तपाईंको पत्रकार सम्मेलनमा आउँथ्यौँ ’

शेखर कोइरालाले सोमबारको बैठकमा निर्वाचनका बेला आफूमाथि सुराकी खटाएको आरोप लगाएका थिए । नेता बस्नेतले शेखरलाई कडा जवाफ दिएका हुन् ।

१४औं महाधिवेशनमा नराम्रोसँग पराजित भएका शेखर कोइरालाले आफ्नो अस्तित्व बचाउन विभिन्न फण्डाहरू गरिरहेका छन् ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा ठूलो पार्टी बनाएका छन् । त्यो कुरा शेखर समूहलाई मन परेको छैन ।

देउवाको आलोचना र सरकारको विरोधमा शेखर र उनको समूहको समय वित्ने गरेको छ ।

Published : Tuesday, 2022 July 12, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया