‘छोरी’ न्यायाधीशको पद फुत्किने पक्का, हर्कत देखेर न्यायाधीशहरू नै चकित
काठमाडौं । उच्च अदालतकी न्यायाधीश रेणुका साहको पद खारेज पक्का भएको छ ।
न्यायपरिषदले साहको न्यायाधीश पद खारेजी गर्न सिफारिस गरेको छ । न्यायपरिषदले साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।
योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषदले साहलाई पदबाट हटाउन सिफारिस गरेको मानबहादुर कार्कीले बताएका छन् ।
न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ति, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्नसक्छ ।
परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुन्छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लागेका कारण यो सिफारिस कामू प्रधानन्यायधीश दीपककुमार कार्कीले कार्यान्वयन गर्नेछन् ।
उनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् । उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा कार्यरत उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको जोडबलमा उनी नियुक्त भएकी थिइन् ।
साहले निरन्तर १० वर्ष वकालत गरेको तथा न्याय क्षेत्रमा काम गरेका प्रमाण पेश गर्न नसकेपछि परिषदले अयोग्यता लुकाएको ठहर गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया