प्रधान सेनापति र भारतीय राजदूतबीच जङ्गी अड्डामा भेटघाट
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
शुक्रबार काठमाडौंको भद्रकालीस्थित जङ्गी अड्डामा शर्मा र श्रीवास्तवबीच भेटघाट भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
भारतीय राजदूत श्रीवास्तव दुई हप्ता अगाडि मात्रै काठमाडौं आएका हुन् । काठमाडौं आउनेवित्तिकै राजदूत श्रीवास्तवले कुटनीतिक मर्यादाअनुसार विभिन्न पक्षसँग भेटघाट गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया