यी दुईको मन्त्री बन्ने लोभ र ‘मुसा’ प्रवृत्तिले संकटमा बाबुरामको राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा मोहम्मद ईस्तियाक राई र प्रदीप यादवले मन्त्री पदका लागि ‘मुसा’ जस्तै गरेर गुँड परिवर्तन गरेपछि बाबुराम भट्टराईको राजनीति धरापमा परेको छ ।
जसपा निकै संकटमा छ । जसपा विभाजनसम्म पुगेको छ । मोहम्मद ईस्तियाक राई र प्रदीप यादवले साथ छाडेपछि बाबुराम कमजोर बनेका छन् । उपेन्द्र यादव बलियो देखिएका छन् ।
मन्त्री बन्न नपाएपछि मोहम्मद ईस्तियक राई र प्रदीप यादवले उत्पात मच्चाएका थिए । उनीहरूले उपेन्द्र यादवलाई छाडेर बाबुराम भट्टराईलाई उचालेर हर्कत देखाएका थिए । मन्त्री पाएपछि बाबुरामलाई बीच बाटोमा छाडेर उनीहरू उपेन्द्रको क्याम्पमा प्रवेश गरेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष उन्मुख भएको छ ।
वीरगञ्जमा बस्ने केन्द्रीय समिति बैठकले जसपाको भविष्य निर्धारण हुने आंकलन गरिरहेका बेला प्रधानमन्त्री देउवाले अध्यक्ष यावदलाई सहज हुनेगरी तीन मन्त्री हेरफेर गरिदिएपछि भट्टराई थप अप्ठ्यारोमा परेका छन् ।
भट्टराई पक्षमा देखिएका केही नेतालाई सरकारमा समेट्दै यादवले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको अनुरोधलाई देउवाले स्वीकार गर्दै सोमबार तीन नयाँ नेतालाई सरकारमा सहभागी गराएका छन् ।
यसअघि सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्यलाई यादवले फिर्ता बोलाएका हुन् । मन्त्री बनाइएका सबै यादवसँग असन्तुष्ट भएर भट्टराई पक्षमा लागेकाहरू हुन् । उनीहरूलाई सरकारमा सहभागी गराएसँगै भट्टराई पक्ष अल्पमतमा परेको निकटस्थहरूको दाबी छ ।
भट्टराई पक्षमा सशक्त रूपमा उभिएका महेन्द्र यादवलाई हटाएर उपेन्द्रले मृगेन्द्रसिंह यादवलाई मन्त्री बनाएका छन् ।
आफ्नो पक्ष बलियो बनाउन उपेन्द्र यादवले आफूनिकट भनिएकाहरूलाई छानीछानी मन्त्रीमा सिफारिस गरेका थिए । मन्त्रीबाट हटाइएका र मन्त्री हुन नपाएका जसपाका सांसद भने कार्यकारिणी अध्यक्षसँग रुष्ट भएका छन् । यीमध्ये केहीले गुट फेर्नेसमेत धम्की दिएका छन् ।
मन्त्रीबाट हटाइएकी रेणु यादव पनि उपेन्द्रको व्यवहारदेखि रुष्ट छिन् । मन्त्रीको सूचीमा नपरेका प्रमोद साहमाथि फेरि अन्याय भएको छ । पहिलोपटक जसपा सरकारमा गएको बेला अन्तिम समयमा उनको नाममा टिपेक्स लगाएर महेन्द्र यादवको नाम राखिएको थियो । दोस्रोपटक पनि उनको नाम हटाइएको छ ।
गत वर्ष जसपा फुट्नै लागेको बेला उनी महन्थ ठाकुर गुटबाट साहसहित ६ जना सांसद लिएर यादव गुटमा पुगेका थिए ।
त्यसबेला ठाकुर गुटका ६ जना सांसद साह, अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, रुवि नाथ तथा रेणुका गुरुङ एकैपटक कित्ता परिवर्तन गरी यादव गुटमा पुगेका थिए ।
यी ६ जना सांसदमा अग्रहरीबाहेक बाँकी सबै उपेन्द्र यादवकै कित्तामा छन् । उपेन्द्र यादवको कित्तामा पुगे पनि उनीहरू मन्त्री हुन पाएनन् । मन्त्री हुन नपाएपछि यी ६ जना सांसद यादवसँग रुष्ट भएका छन् ।
एकपटक मन्त्री भइसकेकालाई फेरि दोहोर्याएर किन मन्त्री बनाउनुपर्यो भनी यादव गुटमा अर्को असन्तुष्टि जन्मिएको छ ।
बाबुराम भट्टराई पक्षका नेता तथा कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले असार २९ र ३० गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको बताएका छन् ।
अघिल्लो पटक मन्त्री बन्न नपाएपछि उनीहरूले बाबुरामलाई उचालेर उपेन्द्रविरुद्ध गतिविधि गर्न लगाएका थिए । अहिले आएर बाबुरामलाई छाडेर मन्त्री बनेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया