तालिममा ९ जना प्रहरी प्रशिक्षार्थी बेहोस भएर ढले
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमका क्रममा ९ जना प्रहरी प्रशिक्षार्थी बेहोस भएर ढलेका छन् ।
उनीहरूलाई हिट स्ट्रोक भएको प्रहरीले जनाएको छ । अत्यधिक गर्मीको वेला १० किलोमिटर दौडको क्रममा प्रहरी प्रशिक्षार्थी बेहोस भएका हुन् ।
बेहोस भएका दुई जनालाई सेती प्रादेशिक अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बढी समस्या देखिएका प्रशिक्षार्थी सरोज चौधरी र प्रशान्त रावललाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताएका छन् ।
एक जनाको सामान्य वार्डमा उपचार भइरहेको छ । छ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
उनीहरू तालिमका लागि दैनिक त्यो रुटमा दौडने गरेका प्रहरीले जनाएको छ । नियमित प्रशिक्षणमा रहेका उनीहरू बुधबार बिहान धनगढी भन्साररोडदेखि फाप्ला क्रिकेट मैदानसम्म दौडेका थिए ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया