गर्ल्याम्मै ‘ढले’ अर्थमन्त्री, शर्माको मन्त्री पद फुत्कियो
काठमाडौं । बिचौलियालाई भित्र्याएर उत्पात काण्ड गरेपछि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका छन् ।
मन्त्री शर्माले विचौलियालाई अर्थमन्त्रालयमा छिराएर करको दर रेट हेरफेर गरेको आरोप लागेको थियो ।
चौधरी ग्रुप र केही सीमित व्यापारीलाई फाइदा हुने गरेर शर्माले बजेट बनाएको आरोप छ ।
यसअघि, प्रमुख प्रतिपक्ष दल एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो ।
संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरूमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।
समितिलाई १० दिनको समय दिइएको छ । छानबिन समिति बनेपछि अर्थमन्त्रीले राजीनामा दिएका हुन् ।
विगतमा एमालेबाट मन्त्री बनेकाहरूले भने विवादमा पर्दा राजीनामा दिएका थिएनन् । अर्थमन्त्री हुँदा विवादमा परेपछि भरतमोहन र विष्णु पौडेलमाथि संसदीय समितिले छानबिन गरेको थियो ।
झलनाथ खनाल प्रधानमन्त्री भएका बेला २०६८ सालमा अर्थमन्त्री अधिकारी थिए । त्यतिबेला बजेट लिक भएको विषय संसदमा विरोध भएपछि संसदीय छानबिन समिति बनेको थियो । छानबिन समिति बनेपछि उनले राजीनामा दिएनन् ।
२०७३ मा एमाले अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा पौडेल अर्थमन्त्री थिए । पौडेल अर्थमन्त्री भएका बेला पनि बजेट पनि बजेट लिक हुँदा संसदीय छानबिन समिति बनेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया