देउवाले बोलाए पदाधिकारी बैठक, को बन्छ कोषाध्यक्ष ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो अवस्थाका बारेमा छलफल गर्न पदाधिकारीको बैठक बोलाएका छन् ।
देउवाले मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
मुख्यसचिव पौडेलका अनुसार पदाधिकारी बैठकमा तीन विषयमाथि छलफल हुनेछ ।
उनले समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठकमा छलफल गरिने बताएका छन् ।
कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा चुनावी समीक्षा पनि हुनेछ ।
कांग्रेसमा पदाधिकारी संख्या १४ छ । कोषाध्यक्ष मनोनीत हुन बाँकी छ । कोषाध्यक्षमा विभिन्न नेताहरूको नाम चर्चामा छ ।
सुनिलबहादुर थापा, रमेश लेखक, एनपी साउद, विनोद चौधरी, उमेश श्रेष्ठलगायतको नाम चर्चामा छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया