काठमाडौं–४ का एमालेबाट जितेका वडाध्यक्षविरुद्ध वारेन्ट जारी भएपछि भागे, बालेनको इज्जत फाले
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जनलाई पक्राउ पुर्जी जारी भएको छ । प्रहरी जिल्ला अदालत काठमाडौंबाट पक्राउको आदेश लिएर पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।
पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष महर्जन फरार भएका छन् । वडाध्यक्ष महर्जनविरुद्ध असार ६ गते पक्राउ पुर्जी जारी भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले वडाध्यक्ष महर्जनलाई पक्राउ गर्न धपधपी खोजी गरेको छ ।
एमालेबाट दुई महिना अगाडि वडाध्यक्षमा निर्वाचित भएका महर्जनलाई वृद्ध भत्ता हिनामिना र दुरुपयोग गरेको आरोप लागेको छ ।
अहिलेका वडाध्यक्षमा निर्वाचित भएका महर्जन २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । त्यस बेला एमालेबाटै निर्वाचित भएका तत्कालीन वडाध्यक्ष मोहन विष्टसँग मिलेर महर्जनले वृत्त भत्ता हिनामिना गरेको भन्दै उजुरी परेको थियो ।
कम्युनिस्टहरू भनेका भ्रष्टाचार र लोभी हुन्छन् भन्ने कुरा उनीहरूको भ्रष्ट क्रियाकलापले देखाउने गरेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह ‘बालेन’ निर्वाचित भएका छन् । शाह स्वतन्त्रबाट निर्वाचित भएका हुन् ।
वडाध्यक्ष महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मेयर शाहलाई धक्का लागेको छ । वडाध्यक्ष महर्जनसँग पक्राउ पुर्जी जारी भएको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया