कर्णालीले पहिलो पटक पायो राजदूत, कांग्रेसले दियो शुभकामना र बधाइ
काठमाडौं । कर्णाली प्रदेशले पहिलो पटक राजदूत पद पाएको छ ।
डा.नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा बिहीबार नियुक्त गरेसँगै कर्णालीले राजदूत पद पाएको हो ।
यसैबीच, नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको भूमिबाट प्रथम राजदूत हुन सफल भएको भन्दै डा.ढकाललाई बधाइ दिएका छन् ।
खड्काले राजदूत डा.ढकाललाई कार्यकालको पूर्ण सफलताको शुभकामनासहित कर्णालीवासीको नाताले
गौरवको अनुभूति गरेको उल्लेख गरेका छन् ।
कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले डा.ढकाललाई राजदूत बनाएका हो ।

Published : Friday, 2022 June 10, 7:39 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया