यी एआईजीहरूको सरुवा र पदस्थापना, पूजाले पाइन् महत्वपूर्ण जिम्मेवारी
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ७ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा र पदस्थापना गरेको छ ।
गृह मन्त्रालयले मंगलबार प्रहरी मुख्यालयलाई पठाएको पत्रअनुसार एआईजी विश्वराज पोखरेललाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।
एआईजी राविन्द्रबहादुर धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको पत्रमा उल्लेख छ ।
गृह मन्त्रालयले एआईजी उत्तमराज सुवेदीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा सरुवा गरेको छ ।
एआईजी अरुणकुमार बिसीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा सरुवा गरिएको छ ।
एआईजी दिवेश लोहनीलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
एआईजी मुकुन्दराज आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।
एआईजी पूजा सिंहलाई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्सालमा सरुवा गरिएको छ ।


बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया