बालेन्द्रले नसकेपछि प्रधानमन्त्रीलाई नै अगाडि बढ्न गगनको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहल गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै थापाले काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर उठाउने र व्यवस्थापनका क्षेत्रमा काम गरिरहे पनि पर्याप्त नभएको बताए ।
‘फोहोर व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका र सहरी मन्त्रालयले गरिरहेको काममा हामी सबैले सहयोग गर्नुपर्छ’, कांग्रेसका महामन्त्री समेत रहेका थापाले भनेका छन् ।
‘कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन । स्रोतसाधन र कानून तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ’, उनले भने, ‘यसका लागि प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्दछु ।’
कांग्रेसका सांसद थापाले फोहोर व्यवस्थापनमा नागरिकहरूले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।
सांसद थापाले साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्न काठमाडौं महानगरपालिकाले पनि अपील गरेको बताएका छन् ।
मंगलबार र बुधबार फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर फाल्ने ठाउँ बन्चरेडाँडाका जनताको मागलाई बेवास्ता गरेर प्रहरी लगाएर जबरजस्ती फोहर फाल्न खोजेपछि स्थानीयको चित्त दुखेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया