एआईजी पोखरेलले दिए मुख्यालयमा निवेदन

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले विदा थप्न निवेदन दिएका छन् ।

पोखरेलले वारेसमार्फत बुधबार प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिएका छन् ।

विदा अवधि सकिएपछि पोखरेलले पुनः निवेदन दिएका हुन् । एआईजी पोखरेलले पुनः १० दिन विदामा बस्न समय मागेका छन् ।

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै पोखरेल यसअघि एक महिना विदामा बसेका छन् ।

आईजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेपछि पोखरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

Published : Wednesday, 2022 June 8, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया