ओखलढुंगा एमालेका लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत
काठमाडौं । एमाले ओखलढुंगाको जिल्ला कमिटी सदय खेमप्रसाद मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मिश्रसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
कांग्रेसमा प्रवेश गरेका मिश्र एमालेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष पनि हुन् ।
कांग्रेस प्रवेश गर्नेमा एमालेको ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चकी सदस्य कविता मिश्र अधिकारी पनि रहेकी छिन् । कांग्रेसमा प्रवेश गरेका उनीहरू ओखलढुंगामा लोकप्रिय मानिन्छन् ।
नवप्रवेशीहरूलाई इमान्दारिताका साथ पार्टीको काममा लाग्न सभापति देउवाले निर्देशन समेत दिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका उप–सभापति पूर्णबहादुर खडका, केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाण, केन्द्रीय सदस्य रामहरि खतिवडालगायत ओखलढुंगा कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया