एमाले नेता रिजालका कारण पर्यटन व्यवसाय डुब्न थाल्यो, निरास बने व्यवसायीहरू

काठमाडौं । एमालेका नेता समेत रहेका पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालका पछिल्ला गतिविधि र हर्कतले पर्यटन व्यवसायीहरू दिक्क भएका छन् ।

रिजालका कारण पर्यटनसँग सम्बन्धित धेरै कार्यक्रमहरू प्रभावित बनेका छन् । उपाध्यक्ष रिजाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको साँठगाँठका कारण पर्यटन पुनर्उत्थान र पर्यटन प्रर्धन तथा पर्यटनका अन्य निजी क्षेत्रसँगको विषयवस्तुमा नीति तथा कार्यक्रम एवम् बजेटमा निजी क्षेत्र र पर्यटनलाई सहयोग पुग्ने गरेर राम्रो पैसा छुट्टिन सकेन । जुन कुरा मन्त्रालय र मन्त्रीको कमजोरीको पर्यटन क्षेत्रमा सधैँ कालो धब्बाका रुपमा रहनेछ ।

तत्कालीन एमालेका मन्त्रीले रिजाललाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेका थिए । आले मन्त्री बनेर आएपछि रिजालले ‘चाकडी’ गरेर आफ्नो उपाध्यक्ष पद सुरक्षित बनाएका छन् ।

रिजालले पर्यटन बोर्डका सबै सूचनाहरू मन्त्रालयमा पु¥याएर निजी क्षेत्रको हितमा हुन लागेका कार्यक्रमहरू बिथोल्ने गरेको आरोप छ ।

रिजालले पर्यटन बोर्डलाई ध्वस्त बनाएको भन्दै कर्मचारी र पर्यटन व्यवसायीहरू दिक्क भएका छन् । उपाध्यक्ष रिजालका हर्कत नसुध्रिए निजी क्षेत्रले राजीनामा माग्ने तयारी गरेको एकजना पर्यटन व्यवसायीले बताएका छन् ।

रिजाल जुन संस्थाको नेतृत्वमा जान्छन् त्यसलाई नोक्सानी नै गरेर बाहिरिने गरेको आरोप छ । हानको नेतृत्वमा रहेका बेला उनले त्यसलाई पनि अस्त व्यस्त बनाएका थिए ।

टानमा ४ करोड ७ लाख ५ नोक्सानी गरेको उनीमाथि आरोप छ । उनले टानबाट मेनपावरको काम गरेको भनेर केही तथ्यहरू बारम्बार समाचारका रुपमा सूचनाहरू आउने गरेका छन् । रिजालले त्यस बेला मानिसहरू विदेशमा लगेर छाड्ने गरेको आरोप छन् ।

पर्यटन बोर्डमा पनि रिजालले आर्थिक हिनामिना गर्न खोजेपनि कर्मचारी र निजी क्षेत्रका व्यक्तिहरूले हुन दिएका छैनन् । चलखेल गर्न नपाएपछि रिजाल बोर्डमा ‘खडेरी’मा बाँचेका छन् ।

रिजाल आफै पनि एमाले हुन् । उनले मन्त्री आलेको चाकडी गर्न एमालेकै नेता, कार्यकर्ता र राजनीतिक नियुक्ति पाएकाहरूविरुद्ध लाग्ने गरेका छन् ।

हान, टान, नाटा जस्ता संस्थाका प्रमुखहरूलाई बोलाएर निजी क्षेत्रको समस्या समाधान गर्न अगाडि बढ्नुपर्ने भन्दा पनि उपाध्यक्ष रिजालले झन् काम गर्ने वातावरण बिगारेका छन् ।

रिजालले पोखरा एड्भेञ्चर ट्राभल्स मार्ट र बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्टको कार्यक्रम समेत विथोलेका छन् । यी कार्यक्रमहरू विगतमा पोखरा र भैरहवामा प्रत्येक वर्ष हुँदै आएको थियो ।

निजी क्षेत्रले रिजाललाई बोर्डबाट निष्काषन नगरेसम्म निजी क्षेत्रको हितमा काम हुँदैन भनेर सार्वजनिक कार्यक्रमहरूमा बोल्न थालेका छन् ।

रिजालकै कारण मन्त्री आलेलाई गलत सुझाव र सल्लाह दिएका कारण निजी क्षेत्रको आशाअनुसारको बजेटमा व्यवस्था हुन सकेको छैन्न ।

मन्त्रालय र मन्त्री नै पर्यटन व्यवसायी र निजी क्षेत्रको हितमा छैनन् । उनीहरू पर्यटनको पक्षमा हुनुपर्नेमा निजी क्षेत्रलाई सताउने कार्य गरिरहेका छन् । उनीहरूको हर्कत शर्मनाक रहेको चर्चा हुने गरेको छ ।

नीति नियममा सुधार ल्याएर पर्यटनलाई मर्यादित बनाएर विदेशी मुद्रा आर्जन गर्नेभन्दा पनि निजी क्षेत्रलाई सताएर पैसा उठाउने कार्यमा पर्यटन मन्त्रालय र राजनीतिक नेतृत्व सक्रिय भएर लागेको गुनासाहरू आइरहेका छन् ।

सोही सन्दर्भमा निजी क्षेत्रले कोरिया–नेपाल र नेपाल–जापानबीच चार्टड फ्लाइट उडाएर दोब्बर भाडा असुल्ने गरेको आरोप छ । मन्त्री आले र सम्बन्धि निकायहरू कमिशनको चक्करमा लागेको आरोप पनि छ ।

पर्यटनमन्त्री आले र बोर्डको उपाध्यक्षमा रिजाल आएपछि निजी क्षेत्र पर्यटन मन्त्रालयसँग निरुत्साहित छ । पहिला यस्तो कहिल्यै भएको थिए ।

पर्यटनसँग सम्बन्धित केही संघ संस्थाले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन् । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने काम नगरेमा धेरै पर्यटन व्यवसायीहरू मन्त्रीविरुद्ध आन्दोलन गर्ने तयारीमा छन् ।

पर्यटन बोर्डका उपाध्यक्ष रिजालमाथि लागेका आरोपहरूबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Saturday, 2022 June 4, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया