वृद्ध भत्ता एमालेको ब्राण्ड भनेपछि कांग्रेस नेता थापाले दिए ठहरै हुने जवाफ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले एमालेले वृद्ध भत्तामा देखाएको राजनीतिप्रति कडा टिप्पणी गरेका छन् ।
कांग्रेस नेता थापाले सामाजिक सञ्जालमार्फत एमालेलाई वृद्धि भत्तामा धेरै राजनीति नगर्न सुझाव दिएका हुन् ।
‘वृद्ध भत्ता एमालेको ब्राण्ड हो भने, एमाले पार्टी कार्यालयबाट बाँढे हुन्छ तर, राज्यको ढुकुटीबाट होइन’, कांग्रेस नेता थापाले भनेका छन् ।
एमालेका नेता र सांसदहरूले प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुने क्रममा ‘वृद्ध भत्ता एमालेको ब्राण्ड हो’ भनेका थिए ।
त्यसको जवाफमा कांग्रेस नेता थापाले वृद्ध भत्ताबारे एमालेको भनाइको प्रतिवाद्ध गर्दै राज्यको ढुकुटीबाट वितरण हुने वृद्ध भत्ताबारे जथाभावी नबोल्न चेतावनी दिएका हुन् । ब्रण्ड हो भने वृद्ध भत्ता आफ्नै पार्टी कार्यालयबाट वितरण गर्न सुझाव दिएका हुन् ।
राज्यको कोषबाट वितरण हुने वृत्त भत्तालाई आफ्नै पार्टी कार्यालयको सम्पत्ति सरह अभिव्यक्ति दिँदै आएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया